गेमरमैत्री रियलमी नार्जो सिरिज

Read Time = 3 mins

काठमाडौं । मोबाइल गेमिङको लोकप्रियता बढ्दै गएको छ । जसका कारण पनि स्मार्टफोन बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गएको छ । बजारमा विभिन्न स्मार्टफोन ब्राण्डका सयभन्दा बढी फ्रेस मोडल उपलब्ध रहेका छन् । त्यसमध्ये एक हो रियलमी, जसले एकदमै आकर्षक मूल्यमा गेमिङ फोन उपलब्ध गराउँदै आइरहेको छ ।

गेमिङमा रुचि राख्नेका लागि रियलमीको नार्जो सिरिज निकै उपयोगी हुन सक्ने कम्पनीको दाबी छ । भ्यालु-फर-मनी स्मार्टफोनको खोजीमा रहेका ग्राहकका लागि नार्जो ५० एकदमै उपयुक्त रोजाइको हुन सक्ने कम्पनीले जनाएको छ । चार जिबी र छ जिबी र्‍याम अप्सनमा आउने नार्जो ५० आईमा ११ जिबीसम्म बढाउन मिल्छ । त्यस्तै, गेमिङ फोनमा हुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सर, जुन यो मूल्यका कुनै पनि फोनमा उपलब्ध छैन । एक घण्टाभन्दा कम समयमै पूरै चार्ज हुने शक्तिशाली ब्याट्रीका साथै फोन कम्प्याक्ट र हलुका छ । ५० मेगापिक्सलको ट्रिपल एआई क्यामरा सेटअपसहितको रियलमी नार्जो ५० आईमा सेल्फीका लागि १६ मेगापिक्सलको क्यामेरा रहेको छ । चार/६४ जिबी भेरियन्टको मूल्य २३ हजार नौ सय ९९ र छ/१२८ जिबी भेरियन्टको २७ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नार्जो ५० ए प्राइम पनि चार जिबी र्‍याम र ६४ जिबी रोम स्टोरेज अप्सनमा उपलब्ध छ । पछाडिपट्टि ५० एमपी प्राइमरी क्यामेरा, दुई एमपी म्याक्रो-सेन्सर र दुई एमपीको डेप्थ सेन्सरसहितको ट्रिपल क्यामरा सेट-अप रहेको छ भने सेल्फीका लागि आठ एमपी एआई क्यामरा रहेको छ । चार जिबी/६४ जिबी भेरियन्टको मूल्य २० हजार नौ सय ९९ र चार जिबी/१२८ जिबी भेरियन्टको २२ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तैै, रियलमी नार्जो ५० आई प्राइममा आठ एमपी मेन क्यामेरा र पाँच एमपी सेल्फी क्यामेरा रहेको छ भने तीन/३२ जिबी स्टोरेजको मूल्य १४ हजार चार सय ९९ र चार/६४ जिबीको १५ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?