महालक्ष्मी आवास र व्यावसायिक सुलभ कर्जा

Read Time = 2 mins

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षका अवसरमा आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ वर्षका अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्नेछ ।

महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहने जनाएको छ ।

आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जाका साथै कर्जा अवधि अधिकतम् ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधा रहेका छन् ।

त्यस्तै, व्यावसायिक कर्जाअन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम् कर्जाका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुटजस्ता सुविधा रहेका छन् । घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?