होटल भ्यु भृकुटीको नयाँ वर्ष अफर

Read Time = 2 mins

ललितपुर । न्यु इयर, न्यु हाइट, न्यु मेमोरिज विथ होटल भ्यु भृकुटी भन्ने नाराका साथ नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीले विशेष अफर ल्याएको छ । होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ ।

होटलले ल्याएको अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिंस, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ । विशेष सांगीतिक कार्यक्रमका साथै पाहुनाका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाएको छ । होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउन १३ हजार रुपैयाँमा पर कपल स्न्याक्स, डिनर, बस्न रूम र भोलिपल्टको ब्रेकफाष्ट व्यवस्था गरिएको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताउनुभयो ।

सातदोबाटोबाट सात किलोमिटर दूरीमा रहेको होटलमा ७० कोठा, साउना, स्ट्रिम, स्विमिङ पुल तथा मनोरञ्जनको व्यवस्था मिलाइएको होटलले जनाएको छ । साथै होटलमा रोयल वोटानीकल गार्डेन नजिकै रहेकाले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताउनुभयो । पाहुनाले निःशुल्क पौडीका साथै साउना, ज्याकुजी र जिमका लागि थप शुल्क तिर्नुपर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?