भण्डारीको १६औँ सत्तारोहणले खुसी हुन नसकेको महोत्तरी

पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गरेको आरोप

हिमालय टाइम्स
Read Time = 4 mins

 -विशाल बस्नेत
महोत्तरी । २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी १६औँपटक मन्त्री बन्नुभएको छ । महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भण्डारी अहिले प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ ।

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी हुनुभएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिँदै आउनु भएको छ । २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा  दर्ज हुनुभएका भण्डारीलाई लिएर उहाँको गृह क्षेत्र भने खुसी हुन सकेको छैन ।

उहाँलाई लगातार निर्वाचित गर्ने जनताहरुको अवस्था फेरिन नक्नु र मन्त्रीकै हैसियतमा हुन सक्ने आधारभूत काम समेत गर्न नसक्दा भण्डारीको १६औँ सत्तरोहणले गृहक्षेत्र खुसी हुन नसकेको हो ।

सक्रिय राजनीति गरेको पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गर्नुभएका उहाँको सत्तागमनले कुनै प्रभाव नपर्ने महोत्तरी–२ का स्थानीयको बुझाइ छ । उहाँको राजनीति इतिहासमा २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । जसले उहाँको केन्द्रभावमा जनता नभई सत्ता र शक्ति प्राप्तिमा रहेको बुझाउँछ ।

२०४५ सालमा मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा पहिलोपटक सहायक मन्त्री बन्नुभएका भण्डारी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा १६औँपटक मन्त्री बन्नुभयो । नेपाली कांग्रेसबबाट राजनीति सुरु गर्नुभएका भण्डारीले  स्वतन्त्र हुँदै २०६२–६३ को आन्दोलनपछी मधेश केन्द्रित राजनितिमा लाग्नुभएको हो । उहाँको राजनीतिक जीवनमा ६ पटक निर्वाचित हुँदा तीनपटक मात्र पराजित व्यहोर्नु परेको छ ।

तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री रहँदा मधेश टुक्रन सक्ने विवादास्पद अभिव्यक्ति दिएपछि बहिर्गमन व्यहोर्नु परेको थियो । आफ्ना जनप्रतिनिधि भण्डारी पटक पटक मन्त्री बने पनि गृह क्षेत्र भने खुसी मनाउन सकेको छैन । निर्वाचित भइसकेपछि आफ्नो गृह क्षेत्रमा कमै जाने र जनताको चाहना र आवश्यकताअनुसार काम नगर्ने भएकाले जनतामा उहाँको सत्तारोहणले खुसी दिन नसकेको हो ।

शिक्षा, स्वास्थ्य लगायतका आधारभूत जनताको आवश्यकता पूरा गर्न पनि उहाँले नसकेको महोत्तरी साक्षारता हिसावले देशकै ७५औँ स्थानमा पर्नुले पुष्टि हुने बर्दिबासका निरज अधिकारी बताउनु हुन्छ ।  यहाँ गरिबीकै कारण बर्सेनि धेरैले आत्महत्या गरेको तथ्यांक छ भने रोजगारको अभावले ७० प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएको तथ्यांकले देखाएको छ ।

-न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?