अख्तियारद्वरा तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मरासिनीसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र जिन्सी शाखा प्रमुखले सफ्टवेयर खरिदका लागि स्वीकृति गरेर उक्त सफ्टवेयर प्रयोगमा नआएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?