एनआरएनएको कार्यकारी अध्यक्षमा बद्री केसी

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण गरेको छ । एक वर्षअघि भएको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएकोमा महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई शुक्रबार कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै सो अवधिमा ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ ।

अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराउनुभएको थियो भने अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, पदाधिकारी तथा पूर्वपदाधिकारीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?