हिमालयनको अपांगमैत्री एटिएम सेवा

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले अपांगमैत्री एटिएम सञ्चालनमा ल्याएको छ । बैंक र बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा पहिलो अपांगमैत्री एटिएम सञ्चालनमा ल्याएको हो ।

सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यले अपांगमैत्री एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । एटिएमको उद्घाटन चैत २४ गते स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको २१औँ वार्षिक उत्सव समारोहबीच बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले संयुक्तरूपमा गर्नुभएको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरालगायत बैंक तथा संस्थाका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?