वित्तीय क्षेत्र सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी

फाइल तस्बिर

Read Time = 7 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालका बैंक वित्तिय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताउनु भयो ।

उहाँले सबै खालले वित्तिय संस्थाहरुको तथ्यांकहरू बलिया हरेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको बताउनु भयो ।

उहाँले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि,प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताउनु भयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताउनु भयो । उहाँले बैकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभावको कारणले बच्नको लागि सहयोग पुगेको अवस्था छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि,प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ । यसरी समग्रमा बैंक तथा वित्तिय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्थाहरु र वित्तिय क्षेत्र सुरक्षित छ । सानो तिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं । राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको सिथिलता समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसको लागि उद्योगी व्यवसायी र बैंकर्सहरु उच्च मनोवलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ ।’

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताउनु भयो । उहाँले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउनु भयो । उहाँले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको बताउनु भयो ।

राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ । चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ । यता सरकारको चालु खाता घाटामा सुधार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो । त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ । गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ । फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ । माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो । गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो । असोज यता शोधनान्तर स्थिति निरन्तर वचतमा छ ।

चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति वचतमा गएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ । माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो । माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?