प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।

दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ ।

आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । यसैबिच, बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ ।

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?