मौलाकाली केबलकार सञ्चालनमा

Read Time = 3 mins

काठमाडौं । विगत दुई वर्षअघि निर्माण सुरु भएको मौलाकाली केबलकार शुक्रबारदेखि सञ्चालनमा आएको छ । यसअघि काठमाडौंको चन्द्रागिरि डाँडामा केबलकार सञ्चालन गरेको आइएमई समूहले नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोटमा दोस्रो मौलाकाली केबलकार सञ्चालनमा ल्याएको हो । गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी केबलकार निर्माण गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेकविक्रम शाहले जानकारी दिनुभएको छ । केबलकारको बटम स्टेसनबाट गैंडाकोट नगरपालिका ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गर्नुभएको थियो । केबलकारबाट मौलाकालिका मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुर्ई किलोमिटर लामो केबलकारमा १२ गोण्डाला रहेका छन् भने दुईतर्फी भाडा पाँच सय ५० रुपैयाँ रहेको छ । केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि तीन सय ३०, विद्यार्थीका लागि चार सय १५, ज्येष्ठ नागरिकका लागि चार सय १५ र फरक क्षमता भएकाका लागि दुर्ई सय ७५ रुपैयाँ टिकटदर राखेको छ । ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क रहेको छ ।

केबलकारको एउटा गोण्डालामा एकपटकमा आठ यात्रु चढ्न सक्ने र आवश्यकताअनुसार २४ सै घण्टा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । केबलकारको बटम स्टेसनबाट अपर स्टेसनसम्म एक हजार दुर्ई सय मिटर दूरीमा छवटा टावर निर्माण गरिएको छ । यात्रु बोक्ने १२ गोण्डाला, एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको छ । आइएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैंडाकोट-१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन राखिएको छ । केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो । केबलकारको उद्घाटन भने केही दिनपछि हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?