एमाले मिसन ग्रासरुट : आजदेखि प्रादेशिक समीक्षा बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुँदैछ । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिना अघि सुरु भएको अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो ।

समीक्षा बैठक कर्णालीबाट सुरु हुने एमाले केन्द्र पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताउनुभयो । । उहाँका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७ तथा सुदूरपश्चिममा १० र ११ गते हुनेछ ।

त्यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेश, १९ र २० बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठक हुनेछ ।

प्रदेशका समीक्षा बैठकमा महासचिव शंकर पोखरेल उपस्थित हुने, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समीक्षा बैठकमा जाने एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?