सबै केबलकारको टिकट आइएमई पेबाट

Read Time = 1 min

काठमाडौं । आइएमई पेबाट अब विभिन्न केबलकारको टिकट सजिलै किन्न सकिने भएको छ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेबाट ग्राहकले नेपालभरि सञ्चालनमा रहेका केबलकारको टिकट किन्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई पेले सुरुदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आएको छ । चन्द्रागिरि केबलकारबाट सुरुवात गरिएको सो केबलकार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रागिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट किन्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?