चार क्लबलाई अनुशासनको कारबाही

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले चार ‘ए’ डिभिजनका क्लबलाई अनुशासनको कारबाही गरेको छ । यस सिजनको जारी ‘ए’ डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबसहित संकटा क्लब, एफसी खुमलटार र नेपाल एपिएफ फुटबल क्लबलाई एन्फाले कारबाही गरेको हो ।

एन्फाको अनुशासन समितिले संकटा, मच्छिन्द्र र खुमलटार क्लबलाई समान १० हजार रुपैयाँ तथा एपिएफलाई पाँच हजार जरिवाना गराएको छ । यसैगरी एपिएफका अफिसियल जिवेश पाण्डेलाई आठ खेलको प्रतिबन्ध र १० हजार जरिवाना सुनाएको छ ।

समितिले गत अप्रिल १६ तारिखमा भएको एपिएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै संकटालाई १० हजार जरिवाना गरेको हो । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको सुरुवात २६ मिनेट ढिलो गरी सुरु भएको थियो ।

सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपिएफ फुटबल क्लबलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै, समितिले अप्रिल १९ तारिखमा मच्छिन्द्रविरुद्धको खेलका क्रममा फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपिएफका अफिसियल पाण्डेलाई पनि ८ खेलको निलम्बन र १० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

यस्तै, समितिले गत अप्रिल ११ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार जरिवाना गरेको हो ।

यस्तै, अप्रिल १५ तारिखमा न्युरोड टिम (एनआरटी) सँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मच्छिन्द्रलाई पनि १० हजार जरिवाना गरिएको हो । एनआरटीसँगको खेल एक-एक गोलको बराबरीमा सकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?