उपनिर्वाचनको परिणामले एमालेमा असर पर्दैनः उपमहासचिव रिमाल

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको परिणामले एमालेमा कुनै असर नपर्ने बताउनु भएको छ ।

चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनबाट नेकपा एमाले विजयी हुन र नहुनुमा केही असर नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, उपनिर्वाचनको परिणामले एमालेमा अंकगणितीय तलमाथी हुँदैन ।’

मंगलबार प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रिमालले सो कुरा बताउनु भएको हो । मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको उपमहासचिव रिमालको भनाई छ । अघिल्लो निर्वाचनमा पनि तनहुँ र चितवनमा हामीले नजितेको तर्क गर्नुभयो ।

आइतबार भएको तीन वटै उपनिर्वाचनले राष्ट्रको केही पनि प्रतिनिधित्व नगर्ने दावी गर्नु भएको छ । चार वर्ष पछि हुने चुनावकोे तयारी स्वरुप पनि एमालेले मिसन ग्रासरुट अभियान चलाइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?