नेपाल रेमिट र सहाराबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेकोेनेपाल रेमिट इन्टरनेसनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ‘साकोस’बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स सहारा नेपाल‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढी शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ ।

भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटतर्फबाट डिजिएम देवबहादुर थापा र सहाराबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गर्नुभएको छ । विगत १७ वर्षदेखि रेमिट्यान्स कारोबार गर्दै आएको नेपाल रेमिटले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । सहारा बचत तथा ऋण सहकारी ‘साकोस’ले आफ्ना सदस्यलाई पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढी शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?