मनकारी युवाको उदाहरणीय काम: जन्मदिनको अवसरमा विपन्न र विरामीलाई सहयोग

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । भनिन्छ ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन ।’ तर, यो भनाइ सबै व्यक्तिहरुमा सत्य हुँदोरहेनछ भन्ने कुरा म्याग्दीका एक युवा व्यवसायीले आफ्नो कर्मद्धारा पुष्टि गरिदिनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, समाजिक संघ संस्थामा सक्रिय व्यक्तित्व एवम् सफल यूवा व्यवसायी सुविन श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा बुधबार विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका विपन्न विरामीहरुको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा केक काट्ने, साथीभाइ र दौतरीहरुलाई बोलाएर पार्टी गरेर पैसा खर्च गर्ने परम्पराको विरुद्धमा युवा व्यवसायी श्रेष्ठले आर्थिक अभावमा उपचारमा समस्या भएका विरामीहरुलाई सहयोग गरेर उदाहरणीय काम गर्नुभएको हो ।

धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालक युवा व्यवसायी श्रेष्ठले यस अघि पनि दर्जनौं व्यक्ति र संघसंस्थाहरुलाई उपचार र अन्य प्रयोजनको लागि सहयोग गर्दै आउनुभएको थियो । त्यसैगरी उहाँले परोपकारी संस्था,शैक्षिक संस्थालगायत बिभिन्न संघ संस्थाहरुलाई पनि सहयोग गर्दै आईरहनु भएको छ ।

बुधवार जन्मदिनको अवसरमा रघुगंगा गाउपालिका-१ बेगखोला ,हाल बेनी नगरपालिका-८ शिक्षा मार्गमा बसोबास गर्दै आईरहनु भएकी दुध कुमारी शेरपुन्जा (दुर्गा मगर) लाई फोक्सोमा क्यान्सर देखिएको र उपचार खर्च महंगो देखिन आएकोले श्रेष्ठबाट स्वास्थ्य लाभको कामनासहित उपचारमा सहयोग पुगोस भनी रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

त्यसैगरी नेपाल बाल संगठन अन्तर्गत रहेको म्याग्दी बालगृहका अनाथ बाल बालिकाहरुका लागि रु पाँच हजार, बेनी सामुदायिक मा.वि. कक्षा १ मा अध्ययनरत बे.न.पा. वडा नं-९ का असाय बालक निमेश खड्काको अध्ययनमा सहयोग पुगोस भनेर रु ५ हजार र घाँटीको खाने नलिमा क्यान्सर भई पोखरा जे.एम.सी. हस्पिटलमा उपचार गराइरहनुभएकी बेनी नगरपालिका वडा नं-६ जमुनाखर्क निवासी देवीकुमारी शाहीलाई स्वास्थ्य लाभको कामनासहित रु पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल बाल संगठनका पूर्व सचिव समेत रहनुभएका श्रेष्ठले बालगृहमा आश्रित बालबालिकाहरुलाइृ लामो समयदेखि दशैमा टिका लगाईदिने र जन्मोत्सवलगाएत अन्य चाडपर्वहरुमा समेत सहयोग गर्दै आउनुभएको बालगृहका प्रमुख सुजन केसीले जानकारी दिनुभयो ।

श्रेष्ठको सिको गर्दै उहाँका परिवार र साथीभाइहरुले पनि सामाजिक काम र परोपकारी कार्यहरुमा सहयोग गर्ने गर्नुभएको छ । जसले गर्दा कैयौं विपन्न मानिसहरुलाई आर्थिक उपचारमा सहयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?