नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेद्वारा शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जना सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएकाे हाे ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित हुनुभएकाे थियाे ।

बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले भने शपथ  लिन बाँकी रहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?