प्रतिनिधिसभा बैठक : पार्टी अध्यक्ष ओलीमाथि आक्रमण भएको भन्दै एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

अयोग्य लडाकुलाई रकम वितरणको निर्णय खारेज गर्न माग

अनिल क्षेत्री
Read Time = 24 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको र आक्रमण गर्ने प्रयास भएको भन्दै एमाले सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को कारबाही अघि बढाउन नपाउँदै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । बैठकमा पार्टी अध्यक्ष ओलीमाथि आक्रमण र देशको शान्ति सुरक्षाबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेको छ । पार्टी उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा सांघातिक आक्रमण भएको उल्लेख गर्दै सरकारको जवाफ माग गर्नुभएको हो । उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘झापामा भएको कार्यक्रममा सांघातिक आक्रमण भयो । एमालेका कार्यकर्ताहरू घाइते हुनुभएको छ । दुईजना प्रहरी जीवन मरणको दोसाँधमा हुनुहुन्छ । उहाँलाई काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउनुपर्छ । झापामा सांघातिक आक्रमणको प्रयास गरियो । इलामको पशुपतिनगरबाट फर्किने क्रममा बाटो छेकेर आक्रमण गरियो । पाँचथर र ताप्लेजुङमा खुला रूपमा आक्रमण गर्ने चेतवानी दिएका छन् । सरकार मूकदर्शक भएर बसेको छ ।’

अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङलाई प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्ट रहेका पहिचानवादीहरूले कालोझण्डा देखाएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरी र पहिचानवादीहरूबीच झडपसमेत भएको थियो । सांसद पौडेलले सत्तारूढ दलका कार्यकर्ता नै आक्रमणमा संलग्न भएको आरोप लगाउँदै भन्नुभयो, ‘सरकार तमासे बनेको छ । यो आक्रमणमा सरकारको मौन समर्थन रहेको छ । मौन मात्रै होइन उकास्ने काम गरेको छ । सत्तारूढ दलका कार्यकर्ताहरू यसमा संलग्न रहेका छन् । गृहमन्त्रीले संसद्जवाफ दिनुभयो तर नियन्त्रण गर्न केही गर्नुभएन । शान्ति सुरक्षाको अवस्थाको बारेमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ । त्यस्तो काममा संलग्न रहेकाहरूलाई कडा कारबाही गरियोस् ।’ अध्यक्ष ओली शुक्रबार जन्मथलो तेह्रथुमको आठराई पुग्नुभएको थियो । त्यहाँ पनि अध्यक्ष ओलीविरुद्ध पहिचानवादीहरूले कालोझण्डा लिएर प्रदर्शन गरेका छन् । प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी प्रदेश राखे पनि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

माओवादी अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय तत्काल खारेज होस् : एमाले
प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गर्नुभएको हो । राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय विरुद्धमा आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिनुभयो । चालु आर्थिक वर्षमा एक अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै गिरीले भन्नुभयो, ‘सत्यनिरूपण तथा मेलमिलापको काम थाती राखिएको छ, त्यतातिर चिन्ता छैन । तर, देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदै छ । अनमिनले पुनः प्रमाणीकरण गर्दा दुई हजार ४५१ जना को थिए ? भन्ने यकिन भएन । तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लग्यो । त्यो पैसा कहाँ गयो ?’

सत्तापक्षबाटै विरोध
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई दुई-दुई लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले आर्थिक संकटका बेला सरकारले संसद् छलेर सो निर्णय गरेको प्रति आपत्ति जनाउँदै भन्नुभयो,‘अयोग्य लडाकुलाई दुई-दुई लाख रुपैयाँ दिने निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसद्लाई छलेर गर्नु स्वाभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु– यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस् ।’ यसअघि कांग्रेस नेता डा.शेखर कोइराला, महामन्त्री गगन थापा र उदयशमशेर राणा लगायतका नेताहरूले पनि सरकारको निर्णयको विरोध गर्नुभएको थियो ।

कार्यविधि बन्दैमा अयोग्य लडाकुलाई सरकारले पैसा दिँदैन : परियार
यता, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कार्यविधि बन्दैमा अयोग्य लडाकुलाई पैसा दिनुनपर्ने दाबी गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद परियारले भन्नुभयो, ‘सर्वोच्च अदालतले नै द्वन्द्वको बेलामा अयोग्य लडाकु भनेर चिनिएका छन् । उनीहरूलाई कार्यविधि बनाएर राहत सुविधा दिनू भन्ने निर्णय छ । यतिबेला नै रकम वितरण गर्नु उपयुक्त हो कि होइन सरकारले ध्यान दिनुपथ्र्यो । यसका बारेमा सरकारले रकम दिने वा नदिने भन्ने निर्णय गरेको छैन । गलत सूचना बाहिर आएको छ ।’

लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले घटक दलहरूलाई प्रष्ट पार्नुपर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको जानकारी दिँदै नेपालले भन्नुभयो, ‘लडाकु वा अरू कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन । मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो । यसरी पैसा बाँड्दै हिँड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपार्टी राम्रो बस्दैन । के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’

माओवादी सांसदको जवाफ : ‘अयोग्य लडाकुलाई दुई लाख दिने विष्णु पौडेलकै बजेटको घोषणा’
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अनमिनले अयोग्य ठहर गरेका लडाकुहरूलाई दुई लाख रुपैयाँ दिने निर्णय नयाँ नभएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा माओवादी सांसद सापकोटाले २०७३÷७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा नै यो व्यवस्था भएको बताउनुभएको हो । सर्वोच्चमा मुद्दा परेपछि रोकिएको त्यसबेला रोकिएको यो विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको भन्दै सांसद सापकोटाले भन्नुभयो, ‘माननीय विष्णु पौडेलकै नेतत्वमा ल्याइएको बजेट वक्तव्य र अदालतको आदेशअनुसार अहिले सरकारले खाली कार्यविधि मात्र विकास गर्न खोजेको हो । हावाको भरमा अरूलाई दोषारोपण नगर्न र सदनलाई भ्रमित नबनाउन आग्रह गर्छु । युद्ध लडेर आएका लडाकुहरू, जसले वीरताको संकल्प गरे, व्यवस्था परिवर्तनका लागि वलिदान गर्न तयार भए, तीनलाई दुई लाख पैसाका लागि अपमान गर्ने ?’

अयोग्य लडाकुलाई रकम दिने निर्णय मलाई जानकारी छैन : अर्थमन्त्री महत
माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाखको दरले रकम वितरण गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहँदा अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई रकम दिने मन्त्रिपरिषद्को निर्णयबारे आफू अनभिज्ञ रहेको दाबी गर्नुभएको छ । शुक्रबार एमालेको राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई राहत रकम दिने सरकारी निर्णय कार्यान्वयन नगर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले भन्नुभयो, ‘अयोग्य लडाकुको विषय धेरै अगाडिदेखि अदालतसम्म पुगेको विषय हो । त्यसबाट पनि एउटा निर्णय भएर आयो । यसअघिको बजेटमा पनि व्यवस्था भएको छ । त्यो बेलामा म थिइनँ, यो विषयमा अगाडि बढाउने सन्दर्भमा मैले निर्णय गरे भनेर कतिपय मिडियामा आयो । म अर्थमन्त्री भएर आएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा भएको छैन । पैसा बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे मलाई जानकारी छैन ।’

राष्ट्रपतिको उपचारबारे संसद्लाई जानकारी गराउन माग
नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार भइरहेको सन्दर्भमा सरकारले संसदर्् जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको जोडमा राष्ट्रपतिलाई उपचारका लागि भारतमा पठाइएको भन्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिबाट जानकारी भएको टिप्पणी गर्दै भन्नुभयो, ‘सामाजिक सञ्जालहरूमा पत्रपत्रिकाहरूमा राष्ट्रपतिलाई एयर एम्बुलेन्सबाट लगिँदासमेत करिब अढाइ करोड बढी खर्च भएको विवरण पनि सार्वजनिक छ । तर, सरकारले संसद्लाई केही जानकारी गराउन्न । सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन ?’

पाँच महिनापछि संसदीय विषयगत समिति गठन
पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम संसद्मा प्रस्तुत गर्नुभएको हो । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट सुरु भएको थियो । यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावलीअनुसार संसदीय विषगत समिति गठन भएको हो । प्रतिनिधिसभा नियमावलीअनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । संयुक्त समिति भने अझै गठन भएको छैन । विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन भएको छ । समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् । त्यतिबेलासम्म समितिको नेतृत्व ज्येष्ठ सदस्यले गर्नेछन् ।

कुन समितिमा को को ?
१.अर्थ समिति
अन्जनी श्रेष्ठ
अम्मर बहादुर रायमाझी
गंगा कार्की
छिरिङ डम्डुल लामा (भोटे)
जुली कुमारी महतो (महासेठ)
दीपक खड्का
दीपक बोहरा
नारायणप्रसाद आचार्य
नारायणी शर्मा
पदम गिरी
पूर्णबहादुर तामाङ
भगवती चौधरी
मुक्ता कुमारी यादव
मेटमणि चौधरी
रणकुमारी बलम्पाकी मगर
रामनाथ अधिकारी
विनोदकुमार चौधरी
विराज भक्त श्रेष्ठ
वीरेन्द्र प्रसाद महतो
विष्ुप्रसाद पौडेल
सन्तोष चालिसे
स्वर्णिम वाग्ले
सूर्यबहादुर थापा क्षेत्री
ज्ञानबहादुर शाही
ज्ञानेन्द्रबहादुर कार्की

२.अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
उदय शमशेर जबरा
एकनाथ ढकाल
केपी शर्मा ओली
गंगाराम चौधरी
छिरिङ ल्हामु लामा (तामाङ)
दामोदर पौडेल वैरागी
देवी प्रकाश भट्टचन
धवलशमशेर जंगबहादुर राणा
नागिना यादव
नारायण खड्का
पशुपति शमशेर जबरा
प्रकाशमान सिंह
प्रभु साह
प्रेम सुवाल
वर्षमान पुन
भीमप्रसाद आचार्य
महन्थ ठाकुर
माधवकुमार नेपाल
मोहन आचार्य
राज किशोर यादव
विमलेन्द्र निधि
शिशिर खनाल
शेखर कोइराला
सम्झना थपलिया
सुनिता बराल
संगीता मण्डल धानुक
हरिप्रसाद उप्रेती

३.उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
अमृता देवी अग्रहरि
असिम शाह
कान्तिका सेजुवाल
किशोर सिंह राठोर
कृष्णकुमार श्रेष्ठ
गणेश पराजुली
गीता बस्नेत
डोलप्रसाद अर्याल
दुर्लभ थापा क्षेत्री
मनबहादुर गुरुङ
महेन्द्रबहादुर शाही
मोहनबहादुर बस्नेत
रघुवीर महासेठ
रणेन्द्र बराली
रमा कोइराला पौड्याल
राजु थापा
राम शंकर यादव
रेखा यादव
लक्ष्मी महतो कोइरी
लालप्रसाद साँवा लिम्बू
सपनाराज भण्डारी
शान्ति चौधरी
सीता मिजार
सूर्यमान तामाङ (दोङ)
सोनु मुर्मु
हेमराज राई

४.कानुन, न्याय तथा मानव अधिकार समिति
किरणकुमार साह
गोमा लाभ (सापकोटा)
चन्द्रबहादुर विश्वकर्मा
जीवन परियार
धुव्रबहादुर प्रधान
नैनकला थापा
पुष्पबहादुर शाह
पूर्णबहादुर घर्तीमगर
प्रतीक्षा तिवारी
महेशकुमार बर्तौला
मंगलप्रसाद गुप्
रञ्जु कुमारी झा
रमेश लेखक
रामकुमार राई
रामहरि खतिवडा
रुपा सो. शी (चौधरी)
शशांक कोइराला
सुनीलकुमार शर्मा
शेरबहादुर कुँवर
शेरबहादुर देउवा
सन्तोष परियार
सुवासचन्द्र नेम्वाङ
सुशीला थिङ
सोविता गौतम

५.कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
अनिशा नेपाली
अब्दुल खांन
अम्मरबहादुर थापा
अमृतलाल राजवंशी
अशोककुमार चौधरी
आरजू राणा
कुसुमदेवी थापा
गंगाप्रसाद यादव
ज्वालाकुमारी साह
डिल्लीराज पन्त
दिक्पालकुमार शाही
नवल किशोर साह सुडी
बिना कुमारी थनैत
विनिता कठायत
विमला सुवेदी
मानवीर राई
मीना तामाङ
योगेन्द्र मण्डल
रुपा विक
विजुला रायमाझी
वीरबहादुर बलायर
विष्णुकुमार कार्की
सरस्वती सुब्बा
सुरेन्द्रराज आचार्य
सूर्यकुमारी श्रेष्ठ
सूर्यप्रसाद ढकाल

६.महिला तथा सामाजिक मामिला समिति
अनिता देवी
अस्मा कुमारी चौधरी
आशा विक
ईश्वरबहादुर रिजाल
उमरावती देवी
कल्पना मियाँ कुसारी
चन्दा चौधरी
जावेदा खातुन जागा
टोपबहादुर रायमाझी
धनराज गुरुङ
बिना देवी
माया राई
मञ्जु शर्मा अन्सारी
रोशन कार्की
लक्ष्मी तिवारी
शान्ति विक
शान्ति श्रेष्ठ
शोभा ज्ञवाली
सरस्वती बजिमय
सीताकुमारी राना
हर्कमाया विश्वकर्मा
हितबहादुर तामाङ

७.राज्य व्यवस्था तथा सुशासन समिति
अजयकुमार चौरसिया
अम्बिका बस्नेत
ईश्वरी देवी न्यौपाने
कृष्ण गोपाल श्रेष्ठ
गगनकुमार थापा
चन्दा कार्की (भण्डारी)
चित्रबहादुर केसी
दिलेन्द्रप्रसाद बडू
दुर्गा राई
पृथ्सुब्बा गुरुङ
प्रकाश अधिकारी
बलराम अधिकारी
बासुदेव घिमिरे
बुद्धिमान तामाङ
मेनका कुमारी पोख्रेल
रघुजी पन्त
रवि लामिछाने
राजेन्द्रकुमार राई
राजेन्द्रप्रसाद पाण्डे
लीलानाथ श्रेष्ठ
विश्व प्रकाश शर्मा
सर्वेन्द्रनाथ शुक्ला
सरिता प्रसाईं
हितराज पाण्डे
हृदयराम थानी

८.पूर्वाधार विकास समिति
उर्मिला माझी
ऐनबहादुर शाही ठकुरी
कल्पना चौधरी
खमबहादुर गर्बुजा
गोकर्णराज विष्
चन्द्रकान्त राउत
ठाकुरप्रसाद गैरे
दयालबहादुर शाही
दिनेशकुमार यादव
दीपकबहादुर सिंह
धनबहादुर बुढा
निर्मला कोइराला
निशा डाँगी
प्रतिमा गौतम
प्रदीप पौडेल
प्रेमबहादुर महर्जन
वसन्तकुमार नेम्वाङ
महेश बस्नेत
माधव सापकोटा
मैना कार्की
राजकुमार गुप्ता
राजेन्द्र बजगार्इं
लालवीर चौधरी
विना लामा
शिव नेपाली
शंकर भण्डारी
सुशीला श्रेष्ठ

९. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
अरुणकुमार चौधरी
ईश्वरी घर्ती
उर्मिला थेबे
कालुराम राई
चन्द्रकान्त भण्डारी
छविलाल विश्वकर्मा
डिगबहादुर लिम्बू
तोसिमा कार्की
दीपा शर्मा
दीपक कार्की
देवेन्द्र पौडेल
प्रभु हजरा दुसाध
बद्रीप्रसाद पाण्डे
भानुभक्त जोशी
मनोरमा शेरचन
महेन्द्रकुमार राय
मीना यादव
योगेश गौचन थकाली
रामप्रकाश चौधरी
लीलादेवी वोखिम (लिम्बू)
विद्या भट्टराई
विनिता कुमारी सिंह
वीना जैसवाल
सरिता भुसाल
सुमना श्रेष्ठ
ज्ञानु बस्नेत सुवेदी

१०. सार्वजनिक लेखा समिति
अच्युतप्रसाद मैनाली
अमरेशकुमार सिंह
अर्जुननरसिंह केसी
ऋषिकेश पोखरेल
गोकुलप्रसाद बाँस्कोटा
जनार्दन शर्मा
तारा लामा तामाङ
तेजुलाल चौधरी
दामोदर भण्डारी
दीपक गिरी
देवप्रसाद तिमलसेना
प्रदीप यादव
प्रेमबहादुर आले
मञ्जु खाँण
मनिष झा
योगेशकुमार भट्टराई
राजेन्द्रकुमार केसी
राजेन्द्रप्रसाद लिङ्देन
रामकृष्ण यादव
रुक्मणी राना बराइली
लेखनाथ दाहाल
विक्रम पाण्डे
श्यामकुमार घिमिरे
सराज अहमद फारुकी
संजयकुमार गौतम
हरि ढकाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?