चटयाङमा परी पाँचथरमा ५४ भेडा मारिए

हिमालय टाइम्स
Read Time = 1 min

पाँचथर । पाँचथरको फालेलुङमा चटयाङमा परी ५४ वटा भेडा मारिएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चटयाङ पर्दा भेडा फर्ममा नै रहनुभएका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते हुनुभएको छ । शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पर्नुभएका उहाँलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चटयाङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?