काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनौट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले चार-तीन अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गर्नुभयो । सोही तौलसमूहमा पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा र रुकुमका जीवन पुन मगरलाई पाँच-शुन्य अंक आधारमा क्रमशः एपीएफका प्रदीप महर्जन र बक्समाण्डुका लक्ष्मण राईले विजय हासिल गर्नुभयो । त्यस्तै आर्मीका सुशील थापाले पाँच-शुन्य अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवि खड्का माथि जित हासिल गर्नुभयो ।
पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपीएफका पुरन राई माथि जित हासिल गर्नुभयो भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित हासिल गर्नुभयो ।
पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका खेलाडी सोहन राईले जित हासिल गर्नुभयो । सोही स्पर्धामा ललितपुरका सागर दर्जीमाथि पाँच-शुन्य अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी हुनुभयो भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपिएफका सोनाम सार्की विजयी हुनुभयो ।
पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले चार-तीन अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गर्नुभयो । बक्समाण्डुका दावा छिरिङ लामा माथि चार-एक अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गर्नुभएको थियो । त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि पाँच-शुन्य अंकको आधारमा एपिएफका बिक्रम चौधरीले जित हासिल गर्नुभयो ।
महिला ५० केजीमा आर्मीकी आरती बम्जनलाई पाँच-शुन्य अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गर्नुभयो । जेनेक्शकी तेजीमाया गुरुङलाई पाँच–शुन्य अंकको आधारमा स्वीट साईन्सकी रमिसा श्रेष्ठले जित हासिल गर्नुभयो । प्रहरीकी रिता धरलालाई चार-तीन अंकको आधारमा एचटुओकी अस्मिता दुवालले जित हासिल गर्नुभयो ।
छनौट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, महासचिव सविन भट्टचार्य, केन्द्रीय सदस्यहरू श्यामकाजी अवाले, मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, बरिष्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच