सामन्थासँग सम्बन्धविच्छेद गरेका नागा चैतन्य भन्छन्- ब्रेकअपपछि साथी बन्दा रिस उठ्छ

Read Time = 1 min

मुम्बई । साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदपछि चर्चामा छन् । सम्बन्धविच्छेदपछि एकअर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन् ।

कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन् । त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन् । हालैमात्र नागाले सामन्थाको नाम नलिईकन सम्बन्धविच्छेदपछिको जीवनका बारेमा बोलेका छन् ।

फिल्म ‘कस्टडी’को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन् । ‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन् । यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मनपर्दैन । यस्तो कामले मलाई रिस उठाउँछ ।’

नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ । उनीहरु कैयौं पटक सँगै देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?