जुम्लामा चार सय भन्दा बढी जनामा हात्तीपाइले रोग परीक्षण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लामा चारसय ८० जना विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गरिएको छ । यहाँका ३२ सामुदायिक विद्यालयका चार सय ८० जना बालबालिकाको रगत परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लामा हात्तीपाइले रोग भए नभएको पत्ता लगाउन नमुना परीक्षण गरिएको हो । जिल्लाका सामुदायिक विद्यालयका चार सय ८० जना बालबालिकामा परीक्षण गर्ने लक्ष्य रहेको थियो । लक्ष्य भन्दा पनि बढी बालबालिकालाई परीक्षण गरिएको छ । परीक्षण गरिएका कुनै पनि बालबालिकामा हात्तीपाइले रोग नदेखिएको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाभित्र ५ वटा सामुदायिक विद्यालयका ८० जना बालबालिकालाई हात्तीपाइले रोग परीक्षण गरिएको हो । परीक्षण गरिएको कुनै पनि बालबालिकामा हात्तीपाइले रोग देखिएको छैन ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरेको हो । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा हात्तीपाइले, औलो र कालाजारका बिरामी भए नभएको नमुना परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण सूरु

जुम्ला लगायत हिमाली जिल्लामा हात्तिपाइले रोगको परीक्षण गर्ने सूरु गरिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा औलो र कालाजारका बिरामी भेटिन थालेका छन । विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थालेपछि हिमाली जिल्लामा औलो फैलिन थालेको छ ।

पहिला तराई र पहाडका जिल्लाहरुमा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लाहरुमा देखिन थालेको छ । जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका स्थित कालिका आधार विद्यालय हाँटसिंजा र पाण्डवगुफा माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ । मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जंगलाल बुढाले बताउनुभयो । यहाँका ३२ सामुदायिक विद्यालयका ४८० जना बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?