१०औँपटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीद्वारा शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्य र महिन्द्र राय यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?