बाग्लुङको निसीखोलामा डुबेर बालिकाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकामा खोलामा डुबेर एक बालिकाको ज्यान गएको छ ।

बाग्लुङको निसीखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी पाँच वर्षीया छोरी साकीराको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले बताउनु भयो ।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?