टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैं आउँछु भन्दै फरार भएका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?