शहीद स्मारक ‘ए’ डिभिजनमा आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ ।

जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुुरु गरिने छ ।

रंगशालामा नै हुने अर्को खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

च्यासल खेल मैदानमा भने संकटा क्लब र सातदोवाटो युथ क्लब आमुने सामुने हुनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?