सूर्तिजन्य पदार्थको पोस्टर नटास्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य कम्पनीहरूले किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो ।

कम्पनीहरुले गरेको उक्त कार्य सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ ।

अन्यथा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?