‘जिउँदो शहीद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गर्नुभएको छ ।

दोस्रो जनआन्दोलनका ‘जिउँदो शहीद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गर्नुभएको हो ।

‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ बर्षीया कायस्थको उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो । उहाँको आजै अन्त्येष्टी गरिँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?