भ्रम

हिमालय टाइम्स
Read Time = 1 min

ए ! मान्छे हो
उल्टो हिँड्न थालेपछि
सूर्य लाग्दैमा उज्यालो भो नठान्नू
यस जिन्दगीमा अनेक छन् छेकबारहरू

भत्काउनु छ तिनकै धुरीहरू
सूर्य त एउटा चक्र हो
घरी उदाउँछ र घरी अस्ताउँछ
मूर्खहरू यसैलाई मुक्ति भन्छन्

तर यो निरीहता हो
उज्यालो हुन त
नासिनुपर्छ दुःखहरू
झिकिनुपर्छ जिन्दगीका खिलहरू

त्यसैले,
ए ! मान्छे हो
छोड भ्रममा बाँच्न
सिक उज्यालोको गीत गाउन
र, थाल भत्काउन
भ्रमका धुरीहरू ...!

- चेतनाथ धमला
सिद्धिचरण नगरपालिका–१०, बेतिनी ढुस्के, ओखलढुङ्गा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?