फोर लेन सडक ठेक्का सम्झौता रद्द

Read Time = 2 mins

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको फोर लेन सडकको सम्झौता तोडिएको बताउनुभएको छ । रेडियोे मध्यपश्चिमको १७औँ स्थापना दिवसका अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

भारतीय निर्माण कम्पनीले फोर लेन सडक निर्माणको जिम्मा लिएर चार वर्षदेखि अलपत्र पारेकाले सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न लागेको बताउनुभयो । सडक निर्माणको नयाँ काम नहुुँदासम्म अलपत्र परेको फोर लेन सडकको बिग्रे, भत्किएको ठाउँमा सरकारले नै मर्मतसम्भार गर्ने मन्त्री शर्माको भनाइ थियो ।

भारतीय निर्माण कम्पनीले निर्माणका नाममा अलपत्र पारेकाले सडक निर्माण ठेक्का सम्झौता सरकारले रद्द गरेको भन्दै मन्त्री शर्माले सरकारले अहिले सुशासनका पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहोर्‍याउन खोजेको बताउनुभयो । जसका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरू उक्त प्रकरणको अभियोगमा मुछिएकाले सत्यतथ्य छानबिन हुने उहाँको दाबी थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?