अल्टिमा वाच म्याजिक नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । अल्टिमा लाइफ स्टाइलले ‘अल्टिमा वाच म्याजिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । अल्टिमा वाच म्याजिक तीन हजार पाँच सय ९९ रुपैयाँमा अनलाइन र अफलाइन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चको डिस्प्ले, उच्च प्रविधिको स्वास्थ्य जाँच्ने क्षमता साथै पातलो र आरामदायक प्रिमियम सिलिकन स्ट्र्याप(ब्याण्ड) पनि जडित छ । स्मार्ट वाच पानी प्रतिरोधक छ भने यसमा एक सय १० भन्दा बढी स्पोर्ट्स मोड, अटो स्लिप, र बल्ड अक्सिजन ट्र्याकिङ प्रविधि पनि रहेको छ ।

अल्टिमा वाच म्याजिक आधिकारिकरूपमा जेठ ४ गतेदेखि उपलब्ध हुने र दराजका पहिलो सय ग्राहक र हुकुटका पहिलो ५० ग्राहकका लागि विशेष परिचयात्मक मूल्य दुई हजार नौ सय ९९ रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?