काठमाडौं । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै, सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते हुनुभएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणसँग नागरिकता विधेयक जोड्न मिल्दैन : मन्त्री शर्मा
सरकारले प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणसँग नागरिकता विधेयकको विषय नजोडिएको प्रष्ट पारेको छ । प्रधानमन्त्रीको भारत भ्रमणसँग नागरिकता विधेयकलाई जोड्नुपर्ने कुनै कारण नरहेको सरकारको प्रवक्तासमेत रहनुभएकी सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो । ‘नागरिकताको विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिँदैन,’ उहाँले भन्नुभयो, ‘यसको कुनै कारण नै छैन । आवश्यक नै छैन । यो हाम्रो विषय हो । नागरिकताको विषय सरकारको हतारको विषय होइन । यो आम नागरिकको हतारोको विषय हो ।’ प्रधानमन्त्री बनेदेखि नै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन सकेको छैन । सरकारले विभिन्न मितिमा भ्रमण हुन बताए पनि हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच