इन्टर मिलान १३ बर्षपछि युईएफए च्याम्पियन्सको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो ।

एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा पराजित गरेपछि इन्टरले समग्रमा ३–० को नतिजाका साथ फाइनलमा स्थान बनाएको हो । यसअघिको पहिलो लेगमा २–० ले विजयी इन्टर दोस्रो लेगमा १–० ले विजयी हुन पुगे पछि समग्रमा ३–० को जीत निकाल्न मिलान सफल भएको हो ।

सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र तिव्र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथी दबाब बढाएका थिए तर दुवै पक्षले पहिलो हाफमा गोल गर्न सकेनन । तर, लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनले सोही गोलवाट मिलानलाई १३ बर्ष पछि फाइनल यात्राका लागि सहज बनाई दिए ।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?