लडाकु शिविरको अनियमिताबारे प्रधानमन्त्रीले संसदमा दिएको जवाफप्रति राष्ट्रिय सभामा एमालेको आपक्ति

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाउनु भएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपु-याउने उहाँको भनाई थियो । सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी सबैको चाहना, नेपाली जनताको चाहना सुशासन हो । सुशासन कायम गर्न सकियो भने स्वभाविक हिसावले नेपाली जनताका बीचमा आशा पलाउँछ । यो आशा पलाउनका लागि मुलुकको नेतृत्व गरिरहेको मान्छेको भनाई र गराईमा एकरुपता हुन आवश्यक छ । मैले हिजो प्रतिनिधिसभाको पश्नोत्तर कार्यक्रम टिभीमा हेर्दै थिए । त्यहाँ एकजना माननीयज्यूले क्यान्टोनमेन्टको भ्रष्टाचारको बारेमा कुरा उठाउनु भयो । त्यतिमात्रै उठाउनु भएन, उहाँले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रा सेना ७/८ हजार त हो नि । हामीले १९, २०, २२ हजार गरेर कम्तिमा २० हजार त प्रमाणिकरण गर्न भ्यायौं नि भनेर भन्नु भएको कुरा पनि उहाँले सोध्नु भएको थियो । तर जवाफमा चाँही हिसाव ठिकै छ । महालेखा परीक्षकको कार्यालयले ठिक भनिसकेकाले यसलाई नकोटयाऊ भन्नु भयो । सोधाई चाँही के थियो भने तपाईले त्यो बेला भिडियो टेपमा ६/७ हजार मात्रै भन्नु भएको थियो नि । त्यो चाँही के हो भनेर सोधिएको थियो । यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मान्छेले अभिव्यक्त गर्ने भनाई, गराई र व्यवहारमा एकरुपता भएन भने सुशासन कायम हुन सक्दैन । म आशा गर्छु–हाम्रो मुलुकको नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले भनाई र गराईमा एकरुपता आओस् । कहीँकतै गल्ती भएका क्षमा माग्दै अगाडि बढने काममा थालनी होस् । म अपेक्षा गर्छु । ’

सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?