गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुँदा प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

आइतबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर सल्केको आगलागीबाट स्टोरमा रहेका औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ । केही सामान निकाल्न सकिए पनि धेरै सामग्रीमा क्षति पुगेको बताइएको छ ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?