यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

Read Time = 2 mins

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारको लागि फलफूल तथा तरकारीको मुल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

लोकल गाँजर ६५ रुपैयाँ, तराई गोलभेडा ४० रुपैयाँ, सेतो आलु २९ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र ब्रोकाउली ७५ रुपैयाँ, लौका, तितो करेला र घिरौला प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेडा, लाम्चो भन्टा, तने बोडी र माछे खुर्सानी ३५ रुपैयाँ केजीमा किनबेच भइरहेको छ ।

उता, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, लोकल परवर ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चमसूर, सौफ र पालूगो साग ११६ रुपैयाँ ६७ पैसामा किनबेच भैरहेकाे छ ।

यसैगरी, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो र हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, तोरी र रायोको साग ४६ रुपैयाँ ६७ पैसा, बरेला १०५ रुपैयाँ, सेलरी १४० रुपैयाँ र पुदीना १८० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?