काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
यो प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गरेको आरोपमा ३३ जना संलग्न रहेका निष्कर्ष प्रहरीले निकालेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध साढे २७ करोड बराबरको बिगो कायम गरी आरोपपत्र दायर गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । ११२ जनाले दिएको जाहेरीका आधारमा साढे २७ करोड रकम बराबरको बिगो कायम हुने प्रहरी अनुसन्धानको निष्कर्ष छ । अहिलेसम्म प्रकरणमा ११२ जनाले आफू पीडित भएको भन्दै उजुरी दिएका छन् ।
पीडितहरूले आफूहरूलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने आश्वासन दिएर रकम उठाइएको दाबी उजुरीमा गरेको प्रहरीले जनाएको छ ।
यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच