सिटिजन्सलाई जर्मनीको बैंकले ४० लाख युरो दिने

Read Time = 2 mins

काठमाडौं । सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि ४० लाख युरो पाउने भएको छ । जसका लागि बैंकले जर्मनस्थित केएफडब्लु डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बन एरियाज एमएसएमई फाइनान्स फेज’ अन्तर्गत युरो ३५ लाख पुनर्कर्जा र युरो पाँच लाख बराबरको प्राविधिक सहयोग पाउनेछ । बैंकलाई केएफडब्लु डेभलपमेण्ट बैंकले तीन प्रोजेक्टमा समझदारीका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्येबाट चयन गरेको हो । नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्तर्गत केएफडब्लु डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आएको छ ।

बैंकले उल्लेखित शीर्षकअन्तर्गत हालसम्म २१ हजार पाँच सय २६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । जसमा दुर्ई हजार आठ सय ८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा दुई अर्ब बराबरको कर्जा प्रदान गरेको छ । साथै बैंकले सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न महिलालाई लक्षित गरी सामूहिक जमानीमा हालसम्म पाँच हजार चार सय ९२ मध्यम तथा विपन्न परिवारलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?