अन्तर्राष्ट्रिय आमन्त्रण कराँतेमा नेपाललाई १० स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको नयाँदिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराँते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जित्नुभएको छ । अखिल भारत सितेरियो कराँते महासंघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए ।

च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौंकाले दुई स्वर्ण र दुई कांस्य पदक जितेको प्रमुख प्रशिक्षक मीना पाठकले जानकारी दिनुभयो ।

स्वर्ण पदक जित्नेहरूमा झापाका मोहित प्रसाईंले २० केजी र काता गरी दुई, अनिश न्यौपानेले २५ केजी र काता गरी दुई, डेनिशा न्यौपानेले ३५ केजी र काता गरी दुई र एलिजा घिमिरेले ६८ केजी तौलमा जित्नुभएको छ । त्यस्तै, झापाका सानोबाबु अधिकारीले ४० केजी, युनिशा न्यौपानेले ३० केजी र प्रियांका श्रेष्ठ ५० केजी तौलले रजत पदक जित्नुभयो ।

इलामका प्रतीक बस्नेतले ५० केजी तौल समूहमा स्वर्ण जित्नुभयो भने काठमाडौंका श्रीयास धितालले ३५ केजी र एनिश गिरीले ३० केजीले स्वर्ण जितेको पाठकले बताउनुभयो । काठमाडौंका श्रीयास धितालले र एनिश गिरीले कातामा कांस्य पदक जित्नुभयो । प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?