थप पाँच जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्ला २४ घन्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने सो सँगै कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?