एमाले सचिवालय बैठक बस्दैः केन्द्रीय सदस्यको कार्यविभाजन गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ ।

सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?