यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

Read Time = 1 min

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी मूल्य ५०, आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ, लोकल काक्रो ११०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, ताजा माछा (रहु) ३२०, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?