रेसुंगामा सञ्चालित महायज्ञको खर्च विवरण सार्वजनिक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गत वैशाख २३ गते देखि बैशाख ३१ गतेसम्म रेसुंगा धाममा सञ्चालन भएको श्रीराम महायज्ञ श्रीराम कथा महामहोत्सव एवम् विराट सन्तभक्त दर्शन मेलाको समिक्षा गर्दै आयव्यय सार्वजनिक गरेको छ ।

नौ दिनसम्म सञ्चालन भएको महायज्ञमा ५८ लाख भन्दा बढि रूपियाँ संकलन् भएको छ । रेसुंगा संरक्षण समितिका कोषाध्यक्ष नेत्र बस्नेतले महायज्ञबाट ५८ लाख ४७ हजार ८ सय ९५ रूपियाँ संकलन भएको जानकारी दिनुभयो । जसमा विभिन्न शीर्षकमा गरि रू. ३५ लाख ७१ हजार ४५० खर्च भएको छ । भने कूल रू. २२ लाख ७६ हजार ४९५ रुपियाँ बचत भएको कोषाध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट आएका साधुसन्तका लागि ९ लाख ४६ हजार ९७१ रुपियाँ खर्च भएको जनाएको छ । स्थानीय पण्डित, कन्या दक्षिणामा ९६ हजार ४११ गरी कूल १० लाख ४३ हजार ३८२ रुपियाँ खर्च भएको बस्नेतले जानकारी दिनुभयो ।

बचत रकमबाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने, गौशालालाई व्यवस्थित गर्ने र रेसुङ्गाको विकासका निम्ति खर्च गरिने संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?