लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

सोमबार राति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् ।

शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरोहेरोईन र मोवाईल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?