छानिए मिस्टर एण्ड मिस एसइई र किड्स स्टार इन्टरनेशनलका विजेता

Read Time = 4 mins

काठमाडौं । मिस्टर एण्ड मिस एसइई र किड्स स्टार इन्टरनेशनलका विजेता छानिएको छ । राजधानीमा आयोजित एक सारोहबीच सम्पन्न प्रतियोगितामा यी दुई विधाका विजेता छानिएको हो ।

‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ हुनुभयो । किड्स स्टार इन्टरनेशनल मिस्टरतर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बी’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिसतर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बी’मा प्रिया गुरुङ विजेता चुनिनुभएको छ । ग्रुप ‘ए’तर्फ अर्गनाइजर च्वाइस सुविज्ञा कुँवर हुनुभयो ।

त्यस्तै किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेण्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिसतर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रिवा चौहान सेकेण्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप हुनुभयो । यही प्रतियोगीताअन्तर्गत गु्रप ‘बी’मा मिस्टरतर्फ रायन लखन्द्री, सेकेण्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिसतर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेण्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी हुनुभयो । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धि बुढाथोकीले प्राप्त गर्नुभयो ।

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस एसइई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे हुनुभयो । सोनिका मिस र रोनिश मिस्टरतर्फ विजेता बन्नुभएको हो । प्रतियोगीतामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली हुनुभयो । प्रतियोगीतामा फष्ट रनरअप जानवी भण्डारी र युग अधिकारी, सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली हुनुभयो ।

प्रतियोगीतामा इन्टरनेशनल अवार्ड विजेतातर्फ एसइई वेष्ट मोडल अफ द युनिभर्स नेपाल रिना तामाङ, प्रि-टिन इन्टरनेशनल नेपाल स्मृति विश्वकर्मा, टिन इन्टरनेशनल नेपाल आइरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, वेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स वेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती हुनुभयो । फेशन इराले प्रतियोगीता आयोजना गरेको हो । सबै विजेताले अगामी अगष्टमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशका सहभागीसँग भिड्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?