नेपाल र युएई भिड्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आजदेखि नेपालले वार्मअप खेलहरू खेल्दैछ ।

नेपालले आज पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । जिम्बावेको ओल्ड हेनरिज मैदानमा हुने खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन्। समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?