नबिल र एसियन पेन्ट्सबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नबिल बैंक र एसियन पेन्ट्स नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्ट्सका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्ट्सका प्रमुख वित्त अधिकृत समीर श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।

सम्झौताअन्तर्गत एसियन पेन्ट्स नेपालसँग आबद्ध व्यवसायीले च्यानल फाइनान्सिङका रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका शाखा सञ्जालबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन् । च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ ।

बैंकले सम्बन्धित व्यवसायीका लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जासमेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्ट्सका वितरकले बैंकबाट विशिष्टीकृत सेवा पाउने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?