प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलि हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको बैठकमा भोलि (बिहिबार) बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइने भएको छ ।

उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

बुधबार समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो। उजुरीमा केन्द्रित रहेर छलफल गर्न गरिएको अनुरोधलाई अटेर गर्दै समितिको वैधानिकतामा प्रश्न उठाएपछि सदस्य र उजुरीकर्ताबीच चर्चाचर्की परेको थियो । अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई मर्यादापालक लगाएर बैठकस्थलबाट बाहिर निकालिएको थियो ।

गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीश हुनुहुन्छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?