काभा भलिबल खेल्ने नेपाली टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल भलिबल संघले किर्गिस्तानको बिस्केकमा आयोजना हुन लागेको काभा पुरुष भलिबल नेसन्स लिग खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली टोलीलाई बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव रोशन श्रेष्ठलगायतले बिदाइ गर्नुभयो ।

नेपाली टोली आज(शुक्रबार) बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । संघले दुई साताअघि १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको थियो । टोलीको ओपन स्पाइकरमा मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द हुनुहुन्छ ।

अपोजिट हिटरमा धनबहादुर भट्ट क्षेत्री र हेमन्तबहादुर मल्ल हुनुहुन्छ । मिडल ब्लकरमा दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी र सफल विक हुनुहुन्छ । यस्तै, सेटरमा हरिहजुर थापा र लोकेन्द्रराज गिरी तथा लिवेरोमा भीमबहादुर गाहा मगर हुनुहुन्छ । सेटर लोकेन्द्र र रविन चन्दले टोलीमा पुनरागमन गर्दा सफल विक, हेमन्तबहादुर मल्ल र लिवेरो भीमबहादुर गाहाले पहिलोपटक टोलीमा स्थान बनाउन सफल हुनुभयो ।

मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ हुनुहुन्छ । काभा पुरुष भलिबल नेसन्स लिग बिस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ । मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ हुनुहुन्छ । काभा पुरुष भलिबल नेसन्स लिग बिस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले हरेक जोनमा अनुभवी र नयाँ खेलाडी रहेकाले टिम राम्रो बनेको बताउनुभयो । अन्तिम टोली सेटरमा हरिहजुर थापा र लोकेन्द्रराज गिरी, ओपन स्पाइकरमा मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द र अपोजिट हिटरमा धनबहादुर भट्ट क्षेत्री र हेमन्तबहादुर मल्ल, मिडल ब्लकर दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी र सफल विक, लिवेरोमा भीमबहादुर गाहा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?