पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छः मन्त्री किराती

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । “नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ”, उहाँले भन्नुभयो ।

जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किरातीले बताउनुभयो । “कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किरातीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गर्नुभयो । आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उहाँले गुनासो  गर्नुभयो । पत्रकारिता क्षेत्रलाई थप मजबुद बनाउन आफ्नो क्षेत्रबाट तदारुकताका साथ लाग्ने मन्त्री किरातीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसलाई सुधार गर्न  आवश्यक भएको उहाँको भनाइ थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?